काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा स्थानीय र प्रदेश सरकालाइ ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँ अनुदान दिने भएको छ।
जसमा चालुतर्फ ३ खर्ब ५१ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ र पुँजीगततर्फ ६५ अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
सरकारले समानीकरण अनुदानअन्तर्गत १ खर्ब ४९ अर्ब ६२ करोड ८० लाख रुपैयाँ, सशर्त अनुदानअन्तर्गत २ खर्ब ४१ अर्ब ८० करोड ९९ लाख रुपैयाँ, विशेष अनुदानअन्तर्गत १३ अर्ब ४ करोड १९ लाख रुपैयाँ र समपुरक अनुदान तर्फ १३ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
यस्तै सरकारले आगामी आवमा ७ वट प्रदेश सरकारलाई ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान दिने भएको छ ।
यस्तै सरकारले स्थानीय तहलाई ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान दिने भएको छ ।






प्रतिक्रिया दिनुहोस्