Skip to content
Prabhu

किन थपियो ट्रेड टावरको आईपीओमा आवेदन दिने समय ?

काठमाडौं । ट्रेड टावर कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने समय थप भएको छ ।

कम्पनीको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ । । यसअघि आजसम्म आवेदन दिन मिल्ने गरी सेयर निष्कासन भएको थियो । जेठ १८ गते भोटो जात्रा भएर सरकारले उपत्यकामा सार्वजनिक विदा दिएको थियो । विदा परेका कारण आवेदन दिने समय थपेको कम्पनीले जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८।६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९७ हजार १६९ कित्ता सेयर निष्कासन गरिसकेको छ । आईपीओमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमार्फत आवेदन दिन सकिने छ । आईपीओमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्