Skip to content

आर्थिक समृद्धिका लागि नेपाल र जिम्बाब्वेका निजी क्षेत्रबीच सहकार्य गर्न आग्रह

nabil bank

काठमाडौं । नेपाल र जिम्बाब्वेका निजी क्षेत्रहरूबीच नियमित र सार्थक संलग्नताको माध्यमबाट आर्थिक विकासको लागि जोड दिइएको छ ।

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा) द्वारा मंगलबार आयोजना गरेको दोस्रो नेपाल–जिम्बाब्वे आर्थिक साझेदारी गोलमेच बैठकमा सहभागीहरूले दुवै देशका निजी क्षेत्रलाई नजिक ल्याउन र सहकार्य गर्न नेपालका लागि जिम्बाब्बेका गैर आवासीय राजदूत स्टेला एनकोमोसमक्ष आग्रह गरे ।

राजदूत स्टेला एनकोमोले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी थिइन् ।

आइडाका संस्थापक सुनिल केसीले २०१८ मा काठमाडौंमा आयोजित पहिलो गोलमेच बैठकको फलोअपले आगामी दिनहरूमा दुइ देशका निजी क्षेत्रबीच संहकार्य बढ्ने आशा व्यक्त गरे ।

”हाम्रा दुई देशबिच संयुक्त लगानी र सहकार्यका थुप्रै क्षेत्रहरू छन्,” उनले भने, “हाल जिम्बाब्वे र नेपालबीचको व्यापार अत्यन्तै न्यून छ । त्यसैले व्यापार र आर्थिक गतिविधि बढाउने ठूलो सम्भावना छ ।”

सहभागीहरूको प्रतिक्रियामा, राजदूत एनकोमोले जिम्बाब्वेमा लगानीका सम्भावनाहरू र दुवै देशबीचको निजी क्षेत्रको संलग्नताको संभावना रहेको जनाइन् । उनले नेपाली व्यवसायीहरूलाई जिम्बाब्वेमा लगानी गर्न आमन्त्रण गर्दै आफ्नो सरकारले कर छुट दिएको तथा मुनाफा सजिलै फर्काउन सकिने व्यवस्था गरेको जानकारी दिइन् । “लगानीकर्ताहरूले आफ्नो १०० प्रतिशत मुनाफा फर्काउन पाउने छन्,” उनले भनिन् ।

दक्षिण एसियाली देश नेपाल र दक्षिण अफ्रिकी देश जिम्बाब्वेबीच औपचारिक कूटनीतिक सम्बन्ध २७ नोभेम्बर १९८४ मा स्थापना भएको थियो ।

त्यसयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम रहेको भए पनि द्विपक्षीय संलग्नता सीमित रहँदै आएको छ । त्यसैले व्यापार, लगानी, तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग विस्तारको सम्भावना रहेको छ ।
नेपाल झैँ, जिम्बाब्वेमा पनि जलविद्युत विकासको सम्भावना छ, यद्यपि जिम्बाब्वेको अर्थतन्त्र मुख्यतया खानी र खनिजमा आधारित छ ।

नेपालले जिम्बाब्वेतर्फ कपडा तथा हस्तकलाका सामग्रीहरू निर्यात गर्न सक्छ भने परम्परागत वस्तुहरूको निर्यात विस्तार गर्न सक्ने सम्भावना पनि उच्च छ । इस्तै, जिम्बाब्वेले सुन र लिथियम जस्ता खनिज स्रोत नेपाललाई निर्यात गर्न सक्छ । नेपाल र जिम्बाब्वे दुबैले भूपरिवेष्ठित मुलुक हुन् ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime