Skip to content

क्रोम्प्टन ‘नयाँ वर्ष को ठूलो हर्ष’ अभियानअन्तर्गत मासिक ‘लक्की ड्र’ मा विजेता भइन् रूपा अकोलिया

nabil bank

काठमाडौं । क्रोम्प्टन सीजी इलेक्टिसन द्वारा सञ्चालन गरिएको क्रोम्प्टन ‘नयाँ वर्षको ठूलो हर्ष’ नामक उपभोक्ता क्याम्पेन अन्तर्गतको मासिक ‘लक्की ड्र’ कार्यक्रम सफलतापूर्वक सम्पन गरिएको छ।

उक्त कार्यक्रम ११ जेठ २०८२ मा क्रोम्प्टनको आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो, जसमा देशभरबाट सहभागी भएका उपभोक्ताहरूको विवरण समावेश गरिएको थियो।

यस महिनाको ‘लक्की ड्र’बाट श्रीमती रूपा अकोलिया विजेता घोषित भएकी छन्। उनले क्रोम्प्टन ब्राण्डको उत्पादन चौधरी समूह अन्तर्गतको आधिकारिक डिलरमार्फत खरिद गरी, क्युअर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गर्नुभएको थियो। त्यसपछि कम्प्युटराइज्ड र्यान्डम प्रणालीबाट गरिएको ड्रमा उनले माइड १० केजी विसङ मिसन जित्न सफल भएक हुन् ।

क्रोम्प्टन ग्रभेस कन्सुमर इलेक्टिकल लिमटेड ८५ वर्षभन्दा बढीको इतिहास बोकेको, भारतकै नम्बर १ पंखा ब्रान्ड हो। यसले घरायसी प्रयोगका लागि पंखा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर, इन्डक्सन र अन्य धेरै उपकरणहरू उत्पादन गर्दै आएको छ। टिकाउ, ऊर्जासक्षम र प्रयोगमैत्री डिजाइन क्रोम्प्टनका प्रमुख विशेषता हुन्।

सीजी इलेक्टिसन, चौधरी समूह अन्तर्गतको प्रमुख उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी हो। यसले नेपालभर आफ्नो शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत क्रोम्प्टनलगायतका अन्तर्राष्ट्रिय ब्रान्डहरू वितरण गर्दै आएको छ।

अब तपाईं पनि क्रमटन उत्पादन खरिद गरी त्तच् कोड स्क्यान गर्नुहोस्, र क्रोम्प्टन ‘नयाँ वर्षको ठूलो हर्ष’ योजनामा सहभागी भएर भाग्यशाली विजेता बन्ने अवसर प्राप्त गर्नुहोस्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime