काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्ममा सञ्चालनमा रहेका जीवन तथा लघु जीवन बीमा कम्पनीहरुले १ खर्ब ४० अर्ब ३५ करोड २ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
यसमा १४ जीवन बीमा कम्पनीले १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ बीमशुल्क आर्जन गरेको छ । यस्तै तीनवटा लघु जीवन बीमा कम्पनीले ९८ करोड २६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
बीमा प्राधिकरणका अनुसार हाल सकृय रहेको बीमालेखाको संख्या १ करोड ५३ लाख ६ हजार ९९३ रहेको छ । जसमा जीवन बीमातर्फ १ करोड ३७ लाख २८ हजार ३४२ रहेको छ भने माइक्रो लाइफ तर्फ १५ लाख ७८ हजार ५६१ रहेको छ ।
बीमा कम्पनीहरुले वैशाख मसान्तसम्म वैदेशिक रोजगार बाहेक प्रथम बीमाशुल्क २८ अर्ब १ करोड ९४ लाख रुपैयाँ संकलन भएको छ । यस्तै वैदेशिक रोजगार बीमाशुल्क २ अर्ब ८८ करोड २७ लाख रुपैयाँ र नवीकरण बीमाशुल्क १ खर्ब ९ अर्ब ४४ करोड ८० लाख रुपैयाँ आर्जन गरेका छन् ।
बीमा प्राधिकरणका अनुसार जीवन बीमा तथा लघुबीमाहरुले वैशाख महिनामा मात्रै १३ अर्ब ३१ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । एक महिनामा १२ लाख ३४ हजार ८८७ वटा बीमालेख जारी भएको छ ।
बीमा कम्पनीहरुले वैशाख महिनामा मात्रै ३ अर्ब १३ करोड ३१ लाख रुपैयाँ वैदेशिक रोजगार बाहेक प्रथम बीमशुल्क आर्जन गरेका छन् ।
यस्तै वैदेशिक रोजगार बीमाशुल्क २९ करोड ५३ लाख रुपैयाँ र नवीकरण बीमाशुल्क ९ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्