Skip to content

नेटवर्थ ९० नपुगेका जलविद्युत कम्पनीलाई बोर्डले आईपीओ निष्कासन गर्न रोक्दा लगानीकर्ता उत्साहित

nabil bank

काठमाडौं । धितोपत्र बोर्डले ९० वा सो भन्दा कम नेटवर्थ भएका कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनमा रोक लगाएको प्रति सेयर लगानीकर्ताहरु खुसी भएका छन् ।

मंगलबार सेयर लगानीकर्ता संघ नेपाल, पुँजिबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजिबजार लगानिकर्ता संघले बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेटी खुसी व्यक्त गरेका हुन् ।

‘हाल बोर्डमा रहेका कम्पनीको आईपीओ प्रस्तावमध्ये अधिकांश कम्पनीहरू लेखा समितिको निर्देशन अनुसार नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूको प्रस्ताव पुनरावलोकन गर्ने र आईपीओ प्रक्रियालाई पारदर्शी बनाउने पहल भएको जुन स्वागतयोग्य छ’ भेटपछि जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै हाइड्रोपावर कम्पनीका संस्थापक सेयरधनीहरूले आयोजना सम्पन्न नहुँदै सेयर बिक्री गर्ने प्रवृत्तिमा रोक लगाउने गरी नीति निर्माणको तयारी बोर्डले गरेको भन्दै यो स्वागतयोग्य भएको जनाएका छन् ।

सेयर बजारमा भइरहेका अनैतिक क्रियाकलापलाई निर्ममतापूर्वक नियन्त्रण गर्ने र बजारलाई निष्पक्ष, पारदर्शी तथा सुशासित बनाउने उद्देश्यले काम सेबोनले अघि बढाएको बनाएको लगानीकर्ताको बुझाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime