काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका छन् ।
गभर्नर पौडेलले बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेल र मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्यालको जिम्मेवारी हेरफेर गरेका हुन् ।
बैंकिङ सुपरिवेक्षण विभागको जिम्मेवारी कार्यकारी निर्देशक दीर्घबहादुर रावललाई दिइएको छ । उनी सोमबार मात्रै कार्यकारी निर्देशक बनेका हुन् । उनी यसअघि मुद्रा व्यवस्थापन विभागका निर्देशक थिए ।
हाल बैंकिङ सुपरिवेक्षण विभागमा कार्यकारी निर्देशक रहेका रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी तोकिएको छ । सूचना प्रविधि विभागको जिम्मेवारी कार्यकारी निर्देशक प्रदिपराज पौड्याललाई दिइएको छ ।
यसअघि बैंकिङ विभागको कार्यकारी निर्देशक रहेका विश्रुत थापालाई मानव संशाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको थियो । बैंकिङ विभागमा डा. डिल्लीराम पोखरेललाई पदस्थापन गरिएको छ । उनी केही समय अघि मात्रै कार्यकारी निर्देशक बनेका हुन् ।






प्रतिक्रिया दिनुहोस्