Skip to content

हिमालयन लाइफ इन्स्योरेले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

nabil bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेले बार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले असार १० गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि कम्पनीले जेठ २८ गते बुक क्लोज गर्ने भएको छ । जेठ २७ गतेसम्म कायम रेहेका सेयरधनीले कम्पनीले तोकेको तोकेका लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीले सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने जनाएको छ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ । सभा आम्रपाली बैंक्वेट, थिरबम सडक, भाटभटेनी नक्साल काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime