काठमाडौैं । सेयर बजारमा देखिएको गिरावट बुधबार पनि कायमै रहयो । यो दिन निकै उतार चढाव आएको बजार अन्तिम समयमा ११.९७ अंकले घटेर परिसूचक २६४६.९५ बिन्दु कायम भएको छ ।
३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ रुपैयाँको सेयर कारोबार भएको छ । बजार घटेसँगै कारोबार रकम समेत घट्दै गएको छ । कारोबारमा ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको मूल्य घटेको छ ।
कारोबारमा टे«डिङ बाहेक सबै समूहको उपसूचक राताम्मे भएका छन् । कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स, पियोर इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्क सर्किट लागेको छ । कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, मिड सोलु हाइड्रोपावर, उपकार लघुवित्त, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।






प्रतिक्रिया दिनुहोस्