Skip to content
Prabhu

एनआरनएको अध्यक्ष पदमा गौरीराज जोशीले उम्मेदवारी दिने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले आउँदो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

गैरआवासीय अभियन्ताहरूको चाहना र सुझावबमोजिम आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जोशीले बताए ग

अर्घाखाँची सिमेन्ट
Hyundai

जोशीले एनआरएनएको एकतापुर्ण महाधिवेशन गरेर सबैलाई समेट्ने बताएका छन्।

एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम र फेस भेरिफिकेसन सिस्टमका योजनाकार उनैलाई मानिन्छ ।

चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए ।

अमेरिकामा आईटी क्षेत्रमा सफल व्यवसायी जोशी लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय छन् ।

एनआरएनएमा राजनीतिक रुपमा अहिले विभाजन देखिएको छ । सर्वोच्च अदालतको फैसला अनुसार एक महिना अगाडि भएको एकता महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्षमा चुनिएका थिए । सर्वोच्च अदालतले पूर्ण इजलाशमा मुद्दाका सुनुवाई गर्ने पछिल्लो समय निर्णय गरेको छ ।

जोशी अहिले बद्रि केसी समूहका महासचिव हुन् । सर्वोच्च अदालतको पूर्ण इजलाशपछि मात्र एनआरएनएमा आधिकारिताको टुंगो लाग्ने छ । केसी समूहले अक्टुबरमा बोलाएको महाधिवेशनको लागि सो समूहका उपाध्यक्ष समेत रहेका हेमराज शर्मा समेत अध्यक्षका दावेदार हुन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्