काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले निष्कासन गरेको ५ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो ।
आजसम्म मात्रै ऋणपत्रमा आवेदन दिन पाइने छ । निफ्राले ७ वर्ष अवधिको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ नामको ऋणपत्र निष्कासन गरेको छ ।
बैंकले प्रतिएकाई १ हजार रुपैयाँका दरले ५० लाख एकाई ऋणपत्र निष्कासन गरेको छ । जसमा ३० लाख इकाई बैंकले अन्य संघ संस्थालाई बिक्री गर्नेछ । बाँकी २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमध्ये १ लाख इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
यसमा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको छ । यसमा न्यूनतम २५ देखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल छ ।
प्रतिक्रिया दिनुहोस्