काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मक्सको सम्पत्ति एकैदिनमा ३६ अर्ब अमेरिकी डलरले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादपछि मक्सले ठूलो आर्थिक नोक्सानी भोग्नु परेको हो ।
ट्रम्पले ल्याएको बजेटमा मक्सको कम्पनीले पाउदै आएको अनुदानलाई कटौती गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल वेबसाइटमा धम्की लेखेका छन्, ूयदि बजेटमा बचत गर्ने हो भने, यो गर्ने सबैभन्दा सजिलो तरिका भनेको एलोन मस्कले पाउने अर्बौं डलरको अनुदान र सम्झौताहरू समाप्त गर्नु हो।ू
ट्रम्पलाई राष्ट्रपति बनाउन ठूलो रकम र ट्वीटर(एक्स)लाई पूर्णरुपमा ट्रम्प निर्वाचन क्याम्पेनमा परिणत गरेका मक्स पछिल्लो साता ट्रम्पको टिमबाट बाहिरिएका थिए।।
पछिल्लो समय दुई अर्बपतिबीच अहिले सामाजिक सञ्जालमा युद्द देखिएको छ ।
ट्रम्पले संघीय सरकारसँग एलोन मस्कको कम्पनीले पाउने अनुदानलाई हटाउने घोषणा गरेका छन् । अमेरिकी सरकारसँग भएको सम्झौता मक्सको कम्पनीका लागि सबैभन्दा ठूलो वित्तीय स्रोत हो ।
ट्रम्पले सरकारी संयन्त्रलाई मस्कको विरुद्धमा लगाएर काम गरेमा मक्सको कम्पनीलाई यो निकै महंगो हुनसक्छ ।
ट्रम्प र मस्क बीचको झगडा पछि, मस्कको कम्पनी टेस्लाको सेयर मूल्य १४ प्रतिशतसम्म घट्यो । जसले गर्दा उनले एकैदिनमा ३६ अर्ब डलर गुमाउनुपर्ने स्थिति आयो ।
ट्रम्पको आक्रमण पछि, मस्कले ट्रम्प विरुद्ध महाभियोगको माग गरेका छन् ।
मक्सले अर्को वर्षको चुनाव र प्राइमरीहरूमा रिपब्लिकन पार्टीका विद्रोही उम्मेदवारहरूलाई चन्दा दिन सक्ने देखिएको छ ।
राष्ट्रपति ट्रम्पकी प्रेस सचिव क्यारोलिन लेभिटले मस्कको आरोपको प्रतिक्रिया दिदै मक्सले चाहेका कुराहरु विधेयकमा नभएको कारण दुःखी भएको प्रतिक्रिया दिइन् ।
ट्रुथ सोशलको एक पोस्टमा ट्रम्पले मस्क विरुद्ध जान सक्ने भनेर उल्लेख गरेका छन् । अर्बपति मक्स यसअघि अमेरिकाको निर्वाचनमा डेमोक्याट्र राष्ट्रपतिको निर्वाचनमा चन्दा दिने अर्बपति व्यवसायीको रुपमा चिनिएका थिए ।






प्रतिक्रिया दिनुहोस्