Skip to content

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी, व्यवसायी भुसालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

nabil bank

काठमाडौं । नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारीसहित ५ जनाविरुद्ध तीनवटा भ्रष्टाचारका मुद्दा दायर भएका छन् ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा तीनवटा फरक–फरक मुद्दा दायर गरेको छ । अधिकारीसँग ७४ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।

रुपन्देही सिद्धार्थनगर-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको र्‍याडिसन प्रोजेक्टको बैंकबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिएर भ्रष्टाचार गरेको भन्दै उनीसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ ।

उक्त परियोजनामा एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६६ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले जनही १९-१९ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

त्यसैगरी तनहुँ आबुँखेरेनी-१ मा रहेको अकलादेवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै ५० लाख रुपैयाँ घुस लिएको आरोपमा डा। अधिकारीसहित ६ जनाविरुद्ध अलग्गै मुद्दा दाय भएको छ । उक्त मुद्दामा प्रतिवादीहरूबाट जनही ५०-५० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

त्यस्तै, हिमाल तराई कन्स्ट्रक्शन प्रालिको ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा उनीसहित दुई जनाविरुद्ध मुद्दा दायर भएको छ । यस मुद्दामा दुवै प्रतिवादीबाट जनही पाँच/पाँच लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime