काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीबाट उत्सव न्यौपाने बाहिरिएका छन् ।
उनले जेठ २३ गते कम्पनीको सञ्चालकबाट राजीनामा दिएका छन् ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
न्यौपानेको राजीनामा स्वीकृत भएसँगै रिक्त पदमा रुपन्देहीका विनय खरेललाई संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्