Skip to content

नेसनल लाइफ इन्स्योरेन्सको साधारणसभा कहिले ?

nabil bank

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले असार ५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले सभामा सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गर्ने छ । कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै कर प्रयोजनका लागि थप ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गरिसकेको छ । जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime