Skip to content

प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने समय थपियो

nabil bank

काठमाडौं । प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने समय थपिएको छ ।

स्कीमको एकाई खरिदका लागि असार ६ गतेसम्म आवेदन दिन सकिने छ । प्रभु क्यापिटलले जेठ २३ गतेदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीमको इकाई निष्कासन गरेको छ ।

क्यापिटलले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँ दरले यो खुलामुखी म्युचुअल फन्ड योजनाको इकाई बिक्री खुला गरेको हो ।

कुल ४ करोड इकाईमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकलाई र ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ । सर्वसाधारणलाई २ करोड ५० लाख इकाई बिक्री खुला गरेको प्रभु क्यापिटलले जनाएको छ ।

यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime