Skip to content

सुनको मूल्य ६ सयले घट्यो, चाँदीमा नयाँ रेकर्ड

nabil bank

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यले १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको तोलामा १५ रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने चाँदी प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime