काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ठेक्कामा अनियमितता भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरूविरुद्ध ४ करोड ३१ लाख ७२ हजार रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
मुद्दामा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल तथा इन्जिनियर जनार्दन गिरी र खरिद एकाइका सहायक निर्देशक उत्तम दाहाललाई प्रतिवादी बनाइएको छ ।परियार अहिले सूचना तथा प्रसारण विभागको महानिर्देशक छन् ।






प्रतिक्रिया दिनुहोस्