काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा उपचार सेवा लिँदा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त हुने भएएको छ ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बिमितले कम्पनीको मोबाइल एप (आईएमई लाइफ मेबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।
यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने छ ।






प्रतिक्रिया दिनुहोस्