Skip to content

घरजग्गा किन्दै हुनुहुन्छ ? नबिल बैंकले दिन्छ ६.६८ प्रतिशतमा ‘अफोर्डेबल हाउजिङ लोन’

nabil bank

काठमाडौं । तयार भइसकेका घर तथा अपार्टमेन्ट किन्न, घर निर्माण, मर्मत गर्ने योजनामा रहेका व्यक्तिलाई नबिल बैंकले सस्तो ब्याजदरमा कर्जा दिने भएको छ ।

बैंकले आफ्ना ग्राहकको मागअनुसार विभिन्न योजना सञ्चालनमा ल्याउने गरेको छ । त्यहीअनुसार नै बैंकले ‘नबिल अफोर्डेबल हाउजिङ लोन’ योजना ल्याएको हो ।

घरजग्गा किन्न चाहने ग्राहकले बैंकको उक्त योजनामा सस्तो प्रिमियम दरमा हाउजिङ लोन पाउने छन् । बैंकले मासिक किस्ताको संरचना (इएमआई) मा ‘नबिल अफोर्डेबल  हाउजिङ लोन’ उपलब्ध गराउन लागेको छ । पछिल्लो केही समय यता बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी घट्दो क्रममा छ । बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्न नसक्दा बैंकिङ क्षेत्रमा तरलता थुप्रिएर बसेको छ ।

बैंकिङ क्षेत्रमा थुप्रिएर बसेको तरलता लगानी बढाउनको लागि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई लक्षित गरेर विभिन्न योजना ल्याइरहेका छन् । नबिलले यसअघि ग्राहकलाई सहुलियत हुने खालको योजनाहरु ल्याएको थियो। बैंकले ल्याएको यो योजनामा ग्राहकको सकारात्मक प्रतिक्रया छ ।

नबिल बैंक कोटेश्वर शाखाबाट यस्तो कर्जा लिएका एक ग्राहक भन्छन, ‘बैंकले दिएको यस कर्जाले मलाई घर बनाउनको लागि धेरै नै सहज भएको छ । मैले यसभन्दा अगाडि पनि अन्य बैंकहरुबाट अन्य कर्जा लिएको थिए । त्यस्तो बेला कर्जा लिन अलि प्रक्रियागत झन्टज थियो ।’ ती ग्राहकका अनुसार यस्तो कर्जा लिन सहज छ ।

बैंकबाट यस्तो कर्जा लिन चाहनेले आधारदर (बेसरेट) मा ०.७५ प्रतिशत ब्याजदर स्थिर रहने बैंकले जनाएको छ । हाल बैंकले यस्तो कर्जा ६.६८ लगानी गरिएको नबिल बैंक रिटेल लेन्डिङ विभाग प्रमुख चाँदनी श्रेष्ठ बताउँछिन् । बैंकहरुकाे योजनामा बैंकले कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै बेसरेट हो ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरुले हरेक महिना-महिनामा बेसरेट परिवर्तन गर्न पाउने व्यवस्था रहेको छ । जसअनुसार बैंकको बेसरट महिना/महिनामा घटबढ हुन सक्छ । तर, प्रिमियम दर भने कर्जा अवधिभरि परिवर्तन नहुने श्रेष्ठ बताउँछीन । यसैगरी, बैंकले यो कर्जाको सेवा शुल्क ०.५ प्रतिशत लिने जानकारी गराएको छ ।

पछिल्लो केही समय यता बैंकहरुबाट गएको कर्जा लगानी एउटा प्रयोजनाको लागि लिएर अन्य प्रयोजनमा प्रयोग हुने गरेको छ । यस्तो प्रवृत्तिलाई रोक्ने गरी यो कर्जा वितरण गर्ने योजना बनाएको श्रेष्ठ बताउँछीन् ।

बैंकले दिने यस कर्जाको समयावधि ३५ वर्षसम्म रहेको छ । यो कर्जामा ग्राहकले अगाडि नै कर्जा सबै भुक्तानी गर्छुभन्दा पनि पाउने व्यवस्था रहेको छ । यसैगरी, बैंकले यो कर्जा पहिलो पटक घर किन्ने वा बनाउनेको लागि ७० प्रतिशतसम्म फाइनान्सिङको सुबिधा दिने भएको छ । यसैगरी, आफ्ना ग्राहकले बैंकले तोकेको प्रक्रियाहरु सबै पूरा गरेमा निर्माण लागतको १०० प्रतिशतसम्म नै कर्जा उपलब्ध गराउने श्रेष्ठ बताउँछिन् ।

यसमा कर्जामा अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा पाइन्छ । यसैगरी, यो कर्जामा पेस्की तिर्दा कुनै शुल्क  (पेमेन्ट चार्ज) लाग्दैन । ग्राहकले हरेक महिनाको २० गतेभित्र मासिक किस्ता बुझाउनु पर्नेछ र अग्रिम भुक्तानी गर्न चाहेमा कुनै अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ । ‘नविल अफोर्डेबल हाउजिङ’ लोन सञ्चालनमा आएको २ महिना भइसकेको छ । अन्य बैंकको तुलनामा बेसरेट कम भएकाले ग्राहकहरू सन्तुष्ट रहेको बैंकले जनाएको छ ।

यस्तो कर्जा लिन चाहाने ग्राहकले नबिल बैंकको देशको जुनसुकै शाखाबाट पनि कर्जा लिन सक्ने व्यवस्था रहेको छ । बैंकले यस सुबिधा अनुसार कर्जा लिने व्यक्तिको लागि आजीवन क्रेडिट कार्ड पनि निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

घर किन्न चाहने जो कोहीका लागि यो योजना सहज र पहुँचयोग्य रहेको बैंकको बुझाई छ । सस्तो ब्याजदर र कम किस्ताको व्यवस्थाले हरेक व्यक्ति र परिवारको बजेटमा मिल्ने गरी घरजग्गा किन्ने सपना पूरा गर्न बैंकले यस्तो अफर ल्याएको हो । हाल बैंकले देशको विभिन्न ठाउँमा दुई सय ६८ वटा शाखा कार्यालय, तीन सय १७ वटा एटीएमबाट आफ्ना ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

यसैगरी, ‘अनगिन्ती प्वाइन्ट अफ सेल’ ‘टर्मिनल’ र मुलुकभर रहेका विप्रेषण अभिकर्ताहरूको बृहत सञ्जालमार्फत बैंक आवद्ध रहेको छ । बैंकले दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय करेस्पोन्डेन्ट बैंकिङ सम्बन्धहरू कायम राखेको छ ।

बैंकले आफ्ना सहायक कम्पनीहरू क्रमशः नबिल इन्भेष्टमेन्ट बैंकिङमार्फत लगानी बैंकिङसम्बन्धी कार्यहरू सञ्चालन गर्दै आएको छ भने नबिल स्टक डिलर लिमिटेडमार्फत सेयर कारोबार सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime