काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीमा १५ रुपैयाँले बढोत्तरी भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १ सय ६५ रुपैयाँ मा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्