काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक १३.६९ अंकले घटेर परिसूचक २६६४.४७ बिन्दु कायम भएको छ । ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर ९ अर्ब ९० करोड ७० लाख ५ हजार ५७५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ ।
कारोबारमा जलविद्युत समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक राताम्मे बनेको छ । कारोबारमा पियोर इनर्जी, सिनर्जी पावर, बुटवल पावर, रिभर फल्स पावर, गुँरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सप्तकोशी डेभलपमेन्ट, स्वाबलम्बन लघुवित्त, बोटलर्स नेपाल बालाजुका लगानीकर्ताले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्