Skip to content

अप्पर अरुणमा वित्तीय व्यवस्थापन चाँडो टुङ्गोमा पुर्‍याउन विश्व बैंकलाई मन्त्री खड्काको आग्रह

nabil bank

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैँक दक्षिण एसियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटमा विश्व बैंकले नेपालका जलविद्युत क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालका जलविद्युत आयोजनामा विश्व बैंकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।

उनले अप्पर अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको कार्यलाई चाँडो टुङ्गोमा पुर्याउन समेत विश्व बैंकसँग आग्रह गरे । यस्तै, विद्युतको आपूर्ति सुदृढीकरण गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

भेटमा विश्व बैंकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैंकले अप्पर अरुण जलविद्युत आयोजनालाई विश्व बैंकले प्राथमिकतामा राखेको बताए ।

भेटमा उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिवद्धय चिरञ्जीवी चटौत, सागरराज गौतम, विश्व बैंक नेपालका देशीय निर्देशक डेभिड सिस्लेनलगायतको सहभागीता रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime