Skip to content

किन बन्द हुँदैछ सिंगापुरको बजेट एयरलाइन जेटस्टार ? पाँच सयभन्दा बढीको जागिर खोसियो

nabil bank

एयरलाइन्सले लगानी बढी भएको उल्लेख गर्दै बन्द गर्ने योजना बनाएको हो । साथै चर्को विमानस्थल शुल्क र क्षेत्रीय प्रतिस्पर्धाका कारण समेत आर्थिक चुनौती व्यहोर्दै आएको कम्पनीले जनाएको छ । कम्पनी बन्द भएपछि ५०० भन्दा बढी कर्मचारीहरूले रोजगारी गुमाउने भएका छन् ।

जेटस्टार एसियाको बन्दले अस्ट्रेलियामा आधारित जेटस्टार एयरवेज तथा जापानस्थित जेटस्टार जापानको सञ्चालनमा भने कुनै असर नपर्ने यसको सह–स्वामित्वधारी क्वान्टसले स्पष्ट पारेको छ ।

आगामी सात हप्तासम्म कम्पनीले क्रमशः कम सेवाहरू उपलब्ध गराउनेछ । जसअन्तर्गत, प्रभावित यात्रुहरूलाई उनीहरूको उडान स्थगित वा रद्द भएको जानकारी दिइने कम्पनीले जनाएको छ । जुलाई ३१ पछि यात्रा गर्ने टिकट किनेका यात्रुहरूलाई कम्पनीले सिधा सम्पर्क गर्नेछ ।

क्वान्टस समूहले कतिपय प्रभावित यात्रुहरूलाई आफ्नै अन्य उडानहरूमा सार्ने व्यवस्था गर्न सक्नेछ । तर यात्रा एजेन्ट वा अन्य एयरलाइनमार्फत टिकट किनेकाहरूले आफैं बुकिङ प्रदायकसँग सम्पर्क गर्नुपर्नेछ । बन्दका कारण सिंगापुरबाट मलेसिया, इन्डोनेसिया र फिलिपिन्सलगायतका गन्तव्यसम्मका १६ रूट प्रभावित हुनेछन् ।

क्वान्टसको बजेट शाखा बन्द हुँदा अस्ट्रेलियाली राष्ट्रिय एयरलाइनले आफ्ना विमानहरूलाई नयाँ फ्लिटमा लगानी गर्न ३२५.९ मिलियन अमेरिकी डलर जुटाउनेछ । साथै, १३ विमानहरू अस्ट्रेलिया र न्यूजील्यान्डका विभिन्न रूटमा पुनः परिचालन गरिनेछ ।

“हामीले जेटस्टार एसियाको लागत २०० प्रतिशतसम्म बढेको देखेका छौं, जसले यसको लागत संरचना नै परिवर्तन गरिदिएको छ”, क्वान्टस समूहकी प्रमुख कार्यकारी भेनेसा हडसनले भनिन् । २० वर्षभन्दा बढी समयदेखि सेवा दिँदै आएको यो बजेट एयरलाइन यस आर्थिक वर्षमा घाटामा जाने अनुमान गरिएको छ । कम्पनीमा सिंगापुरको वेस्टब्रुक इन्भेस्टमेन्ट्सको ५१ प्रतिशत र क्वान्टसको बाँकी स्वामित्व छ ।

जेटस्टार एसिया सन् २००४ मा सुरु गरिएको हो । जसअन्तर्गत क्वान्टसले एसियाली बजारमा बजेट एयरलाइन्सको सम्भावनामा पाइला चालेको थियो । तर पछिल्ला वर्षहरूमा एयरएशिया, स्कूट जस्ता प्रतिस्पर्धी बजेट एयरलाइन्सहरूबाट कडा प्रतिस्पर्धा खेप्दै आएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime