Skip to content

घटेर बन्द भयो सेयर बजार, कारोबार १२ अर्बमाथि

nabil bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर  बजार मापक नेप्से परिसूचक घटेको छ । अघिल्लो कारोबार दिन बुधबार पनि घटेर बन्द भएको नेप्सेले आज पनि घटेको हो ।

बिहीबार नेप्से परिसूचक ९.८ अंक घटेर २६५५.३८ विन्दुमा झरेको छ । यसैगरी, दिन सेन्सेटिभ इण्डेक्स १.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंक घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।

बिहीबार नेप्से परिसूचक घटेको भए तापनि कारोबार रकम भने बढेको छ । बुधबार ९ अर्ब ९० करोडको सेयर खरिदबिक्री भएको  बजारमा बिहीबार १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

आज पियोर इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस कम्पनीको शेयरमूल्य यस दिन ७४ रुपैयाँ ९० पैसा बढेर ८२४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। यसैगरी, आज चन्द्रागिरि हिल्सको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने रसुवागढी हाइड्रोपावर कम्पनी र तेह्रथुम पावरको शेयरमूल्य ५ दशमलब ९९ प्रतिशतले बढेको छ।

कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ९.९० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर उच्च स्थानमा रहेको छ । आज यस कम्पनीको १ अर्ब ८ करोड १४ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ । बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत बढेको छ। यसैगरी, आज वित्त, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सैबभन्दा धेरै १.०९ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime