Skip to content

चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्रे हुँदै

nabil bank

पर्वत । चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र भइरहेको छ । ‘ट्र्याक’ खुलेको १५ वर्षपछि कालोपत्रे थालिएको हो ।

सङ्घीय सरकारद्वारा विनियोजित एक करोड रुपैयाँको लागतमा सडक कालोपत्रे गर्न थालिएको स्थानीय पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक कालोपत्रेसँगै टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली निर्माण, ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माणलगायत काम गत वर्षनै सम्पन्न भएकामा यस वर्षको बजेटले कालोपत्र मात्र गरिएको हो । यो बाटो भएर वालिङ–हुवास सडकसम्म पुग्न सर्वसाधारणलाई सहज भएको छ ।

स्थानीय पूर्वाधार विकास कार्यालयका इञ्जिनियर रवीन पन्थीका अनुसार चालु आर्थिक वर्षभित्रै कालोपत्रेको सम्पूर्ण काम पूरा हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime