काठमाडौं । तेह्रथुम पावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले ४० करोड रुपैयाँको ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न जारी गर्न लागेको हो ।
यो रकम खोरुंगा तांगमाया खोला जलविद्युत आयोजना बनाउने जनाएको छ । असार १६ गतेदेखि निष्कासन हुने हकप्रद सेयरमा जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।
कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
हकप्रद सेयरमा बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङका साथै नबिल बैंक र कुमारी बैंकको तोकिएका शाखाबाट आवेदन दिन सकिनेछ । यस्तै धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल कम्पनिको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी पश्चात ८० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्