Skip to content
Prabhu

स्वरोजगारमूलक शिक्षाका लागि आमूल परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधि, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमूल परिवर्तन गर्नुपर्ने निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौं विश्वविद्यालय सभाको ९९ बैठकमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले बेरोजगार हुने नभई रोजगार र स्वरोजगार हुन सक्ने खालको जनशक्ति उत्पादनमा लाग्न आग्रह गर्दै यस मामिलामा काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको बताए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

उनले स्वास्थ्य शिक्षा र अन्य विषयका सन्दर्भमा आम विद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनः विचार गर्नुपर्ने धारणा राखेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुुजी पन्तले शैक्षिक सुधार र रुपान्तरणका लागि प्रधानमन्त्री ओलीले लिएको चासो र चिन्तालाई कार्यान्वयन गराउन आग्रह गर्दै मन्त्रालयका तर्फबाट नेपाललाई शैक्षिक हब बनाउन प्रयास गरिने बताएका छन् । विश्वविद्यालयका उपकुुलपति प्रा डा.अच्युतप्रसाद वाग्लेले शिक्षणका साथै अनुसन्धानात्मक विश्वविद्यालयको अवधारणालाई व्यवहारमा अनुवाद गर्ने नीति अनुरुप काम गरिने बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्