Skip to content
Prabhu

‘निफ्राको ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत २०८८/८९’ को बाँडफाँट सम्पन्न

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्कासन गरेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत २०८८/८९’ नामको हरित उर्जा ऋणपत्रको बाँडफाँट सम्पन्न भएको छ ।

एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रहि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले निष्कासन गरेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड हरित उर्जा ऋणपत्रको बाँडफाँट आज २०८२ जेठ २९ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँट भएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

५ अब रकम बराबरको यस हरित ऋणपत्रका लागि उत्साहजनक रुपमा ३.८ गुणा भन्दा बढी आवेदन प्राप्त भएको छ । जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रतिउच्च विश्वास प्रतिविम्वित गर्दछ । कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिति २०८२/२/१८ गते देखि २०८२/२/२५ गतेसम्म निष्कासन गरिएको थियो ।

उक्त निष्कासनमा विभिन्न संघसंस्था तथा सर्वसाधारणहरु मार्फत उत्साहजनक सहभागिता रहेको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे भन्छन्, ‘नेपालको पहिलो हरित उर्जा ऋणपत्रको सार्वजनिक निष्काशनलाई सफलतापूर्वक सम्पन्न गर्न पाउनु हाम्रो लागि निकै गर्वको कुरा हो । यो पहल नविनता र दुरदर्शितामा आधारित हाम्रो सिद्धान्तको स्वाभाविक विस्तार हो ।

एनआइएमबि एस क्यापिटलको तर्फबाट हामी यस्तो ऐतिहासिक पहलमा अग्रसर हुन पाएकोमा उत्साहित छौं । आगामी दिनहरुमा अझै यस्ता अर्थपूर्ण परियोजनाहरु लिएर आउने विश्वास दिलाउन चाहन्छौं ।’

७ वर्षको अवधि रही वार्षिक ६ प्रतिशत ब्याजदर भएको यस ऋणपत्र नेपालमै पहिलो पटक सार्वजनिक रुपमा जारी गरिएको हरित उर्जा ऋणपत्र रहेको छ ।

यस हरित उर्जा ऋणपत्र निष्कासनको कार्य सम्पन्न भैसकेको सन्दर्भमा यस प्रक्रियामा सहयोग पुर्‍याउने नेपाल सरकार, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग, विदेशी दातृ निकायहरु, ग्लोबल ग्रीन ग्रोथ इन्ष्टिच्युट र कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी , कम्पनीका सहयोगीहरु तथा पत्रकार वृत्तलगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै बाँडफाँट कार्यक्रम सम्पन्न भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्