Skip to content
Prabhu

हिम स्टारको आईपीओ निष्कासन, कसले पाउँछ आवेदन दिन ?

काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँको सेयर निष्कासन गरेको हो ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ८६ लाख ५० हजार रुपैयाँ १ लाख ८६ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आईपीओमा ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका-८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका- २, साविक गोली गाविस-१, २, ३, ४, ५ का स्थानिय बासिन्दाहरुले आवेदन दिन पाउनेछन् ।

यस्तै ९३ लाख २५ हजार रुपैयाँको ९३ हजार २५० कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो ।

आइपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ । आईपीओमा असार १३ गतेसम्म आवेदन दिन सकिने छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्