Skip to content
Prabhu

बाफिया पुनर्लेखनः अर्थ समितिले माग्यो राष्ट्र बैंकसहित २ मन्त्रालयसँग सुझाव

काठमाडौं । संघीय संसद अन्तर्गतको अर्थ समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) पुनर्लेखनका लागि सुझाव माग गरेको छ ।

समितिले नेपाल राष्ट्र बैंक र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको समन्वयमा ५ दिनभित्र सुझाव पेस गर्न अर्थ मन्त्रालयलाई बिहीबार निर्देशन दिएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यसअघि जेठ १९ गते बसेको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ एवं कानून मन्त्रालायका प्रतिनिधिहरूसँग छलफल भएको थियो ।

समितिले यसअघि विषय विज्ञ एवं सरोकारवालाहरुको छलफलमा विधेयक पुनर्लेखन गर्नुपर्ने भनी सुझाव प्राप्त भएको जानकारी गराएको छ । उक्त सुझाव जस्तै पुनर्लेखन आवश्यकता रहे वा नरहेको र आवश्यकता भएमा परिमार्जन गर्नुपर्ने दफाहरू र परिमार्जन गर्नुपर्ने व्यहोरा समेत स्पष्ट खुल्ने गरी माग गरेको छ ।

सुझाव दफावार रूपमा नेपाल राष्ट्र बैंक र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको समन्वयमा ५ दिनभित्र पेस गर्न भनेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्