Skip to content
Prabhu

लक्ष्मी ल्युब आयलद्वारा आयोजित मेकानिक अन्तरक्रिया कार्यक्रम वीरगन्जमा सफलतापूर्वक सम्पन्न

वीरगन्ज । नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिद्वारा आयोजित मेकानिक अन्तरक्रिया कार्यक्रम हालै वीरगन्जमा एसके सुपलर्सको सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको छ। एसके सुपलर्स, वीरगंजस्थित लक्ष्मी ल्युब आयलको आधिकारिक डिलर हो।

उक्त कार्यक्रममा वीरगंज तथा आसपास क्षेत्रका वर्कशपहरूमा कार्यरत मेकानिकहरूको उल्लेखनीय सहभािगता रहेको थियो। टोटल इनर्जिज ब्रान्डका उच्च गुणस्तरीय लुब्रिकेन्ट उत्पादनहरू विशेष गरी इञ्जिन अइलको प्रयोग, प्रविधि, गुणस्तर, र इञ्जिनको दीर्घकालीन संरक्षणबारे जानकारीमूलक सत्र सञ्चालन गरिएको थियो।

अर्घाखाँची सिमेन्ट
Hyundai

कार्यक्रमको क्रममा मेकानिकहरूसँग दुई-तरफा अन्तरक्रिया पनि भएको थियो। सहभागी मेकानिकहरूले आफैंले प्रयोग गरेका अनुभवहरू साझा गर्दै टोटल इनर्जिज लुब्रिकेन्ट्सले गाडीलाई धेरै नै स्मूद बनाएको, इञ्जिनको आवाज कम भएको, र समग्र प्रदर्शनमा स्पष्ट सुधार आएको बताएका थिए। धेरैले यो ब्रान्डलाई प्रिमियम स्तरको उत्पादन भन्दै प्रशंसा गरेका थिए।

कार्यक्रमले बजारमा टोटल इनर्जिज को बढ्दो लोकप्रियता, उपभोक्ताको विश्वास, र ब्रान्डको प्रतिस्पर्धी स्थानप्रति थप स्पष्टता प्रदान गरेको थियो। सहभागीहरूले यस्तो प्रकारको अन्तरक्रिया कार्यक्रमले आफूहरूको प्राविधिक ज्ञानमा वृद्धि भएको र ब्रान्डप्रति झनै भरोसा बढेको बताए।

लक्ष्मी ल्युब आयल ले आफ्नो अधिकृत डिलर एसके सुपलर्सलाई कार्यक्रम सफल बनाउन दिएको अमूल्य सहयोगप्रति धन्यवाद व्यक्त गरेको छ। साथै, कम्पनीले देशभर यस्ता ज्ञानमूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता पनि जनाएको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्