Skip to content

अहिले लोडसेडिङ छैन, बिजुली बढी उत्पादन भएर बंगलादेशमा बिक्री सुरु गरेकोः कार्यकारी निर्देशक शाक्य

nabil bank
काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपाल उmर्जा ब्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र बंगलादेशमा बिजुली निर्यात गरि अर्बौ आम्दानी गर्ने बताएका छन् ।
ऊर्जा मन्त्रालयमा आइतबार भएको छलफलमा शाक्यले उक्त कुरा बताए ।
‘अहिले लोडसेडिङ छैन र हुँदैन पनि । उत्पादित बिजुली बढी भएरै बिक्री सुरु गरिएको छ’ उनले भने ‘ट्रिपिङको समस्या कहिलेकाँही देखिएर झ्याप झ्याप बत्ति जाने गरेपछि यसलाई हटाउदै लगिएको छ ।’
विगतका बर्षहरुमा प्राविधिक कारणले ट्रिपिङको समस्या रहेको र गतवर्ष भन्दा अहिले क्रमशः कम हुँदै गएकाले लोडेसेडिङ भन्ने भ्रम नपाल्न उनले आग्रह गरे । आजदेखि बङ्गलादेशमा निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म बिक्रि गरिनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ ।
उक्त विद्युत नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ । त्यस्तै नेपालले जून १ देखि हरियाणा राज्यमा १ सय ८५ मेगावाट विद्युत निर्यात गर्दै आएकोमा आइतबार अर्थात जून १५ बाट बढाएर २ सय मेगावाट बिक्री गरेको छ । त्यस्तै विहारमा पनि ८० मेगावाट विद्युत आइतरबाटै निर्यात सुरु गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime