Skip to content

आईपीओ निष्कासन गर्दै दरमखोला हाइड्रो

nabil bank

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा असार ९ गतेदेखि आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँको सेयर बिक्री गर्ने अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित गुल्मी जिल्लाको मुसीकोट नगरपालिका, बाग्लुङ जिल्लाको गलकोट नगरपालिका र बाग्लुङ जिल्लाको बडीगाँउ गाँउपालिकाका स्थानीयलाई निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्न लागेको २९ लाख १९ हजार ५०० कित्ता सेयरमध्ये २ लाख ९१ हजार १५० कित्ताका लागि विदेशमा रहेका नेपालीले आवेदन दिन पाउनेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा स्थानीयले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डको साउन ६ गतेसम्म आवेदन दिन सकिने छ ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले असार २३ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् ।

आईपीओमा स्थानीयले लक्ष्मी सनराइज बैंकको गलकोठ शाखा, प्रभु बैंकको गलकोट शाखाबाट आवेदन दिन सकिने छ । यस्तै दरम खोला पावरहाउसबाट पनि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेको बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime