Skip to content

एनआईसी एसियासहित ५ वटा बैंकले घटाए ब्याजदर, अन्यको यथावत्

nabil bank

काठमाडौं । वाणिज्य बैंकको ब्याजदर घटने क्रम रोकिएको छैन । असारमा पनि ५ वटा बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैैंकमा ५ वटाले ब्याजदर घटाएका छन् भने १५ वटाले यथावत् राखेका छन् । असारमा जेठको तुलनामा औषतमा बैंकको ब्याजदर ०.०५ प्रतिशतले घटेको छ ।

जेठमा बैंकको ब्याजदर औषतमा ५.९५ प्रतिशत थियो । असारमा ०.०५ प्रतिशत बिन्दुले घटेर ५.९० प्रतिशत रहेको छ । असारमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, कुमारी बैंक र कृषि विकास बैंक रहेका छन् ।

एभरेष्ट बैंकले आफ्नो ब्याजदर ०.०९ प्रतिशत बिन्दुले घटाएर ६.५५ प्रतिशत, एनआईसी एसिया बैंकले ०.०५ प्रतिशत बिन्दुले घटाएर ६.५५ प्रतिशत, एनएमबि बैंकले ०.६ प्रतिशत बिन्दुले घटाएर ६ प्रतिशत, कुमारी बैंकले ०.२ प्रतिशत बिन्दुले घटाएर ५.७१ र कृषि विकास बैंककले ०.०६ प्रतिशत बिन्दुले घटाएर ५.४५ प्रतिशत कायम गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime