काठमाडौं । ट्रेड टावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।
आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँट भएको छ । जसमा ३ लाख २९ हजार ६५० जनाले सेयर पाएका छन् ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार ३ लाख २९ हजार ६४५ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।
आईपीओमा २० लाख ७४ हजार २८५ जना आवेदकले आवेदन दिएका थिए । १४ हजार ८९७ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २० लाख ५९ हजार ३८८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
कम्पनीले जेठ १४ देखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गरेको थियो ।
आईपीओको नतिजा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटको वेबसाइट, मेरो सेयर र सीडीएससीले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट हेर्न सकिनेछ ।






प्रतिक्रिया दिनुहोस्