Skip to content

भूमि समस्या समाधान आयोग धादिङद्वारा जग्गा नापजाँच सुरु

nabil bank

मलेखु । भूमि समस्या समाधान आयोग धादिङले भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच सुरु गरेको छ । आयोगले मध्यधादिङको सिद्धलेक गाउँपालिका–७ बाट जग्गाको नापजाँच सुरु गरेको हो ।

पहिलो चरणमा सिद्धलेक–७ का १५ भूमिहीन परिवारमध्ये चारको जग्गा नापिएको छ । सबै किसिमका भूमिहीनलाई प्रक्रिया पुर्‍याएर जग्गा उपलब्ध गराउने उद्देश्यले नापजाँच सुरु गरिएको आयोगका जिल्ला संयोजक हरि पन्तले बताउनुभयो ।

पुस्तौंदेखि भूमि नभएर सुकुम्बासी भएकाले जग्गा पाउने प्रक्रियाका लागि यसअघि गठित समितिका संयोजक कृष्ण अर्यालले जिल्लाका १३ पालिकामा पुगेर भूमिहीन तथा सुुकुम्बासीको तथ्यांक संकलन गरेका थिए । उनले ७ सय ७२ जना भूमिहीनको तथ्याङ्कसहित अव्यवस्थित बसोबासको विवरण तयार गर्नुभएकामा पन्त नेतृत्वको समितिले सोही आधारमा काम अघि बढाएको हो ।

यसअघि निस्सा प्राप्त गरेकाको जग्गा नाप्न सुरु भएको भन्दै धुनीबेँसी नगरपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपलिका र ज्वगालामुखी गाउँपालिकामा प्रक्रियामा जानका लागि काम सुरु गरिएको आयोगका सदस्य रीता परियारले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime