Skip to content

सुनको मूल्य तोलामा ४ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार बजारमा छापावाला सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ कारोबार भएको थियो । पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेर यस अघिको रेकर्डस्तर नजिक पुगेको हो ।

आइतबार पनि चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा नै स्थिर भएको छ । आज चाँदी प्रतितोला दुई हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime