Skip to content
Prabhu

चिनियाँ क्यामरा निर्माता इन्स्टा३६०को सेयर मूल्य चारगुणाले बढ्यो, संस्थापक लियु जिङकाङ बने अर्बपति

एजेन्सी । चिनियाँ क्यामरा निर्माता इन्स्टा३६०८ ले सांघाई स्टक एक्सचेन्जको साइन्स एण्ड टेक्नोलोजी इन्नोभेसन बोर्डमा बुधबार पहिलोपटक सार्वजनिक सेयर जारी गरेपछि यसको मूल्य लगभग चार गुणाले बढेको छ । कम्पनीको मूल्यांकन अहिले करिब १० अर्ब अमेरिकी डलर पुगेको छ ।
अर्घाखाँची सिमेन्ट
Hyundai
शेन्जेन मुख्यालय रहेको कम्पनी अरेशी भिजनका नाममा कारोबार सुरु भएको हो । यसले २७० मिलियन डलर जुटाएको छ । जसको प्रारम्भिक मूल्य ४७.२७ युआन रहेको सेयर १८२ युआनमा खुल्यो, जुन २८५ प्रतिशतले बढी हो ।
कम्पनीका ३३ वर्षीय संस्थापक लियु जिङकाङले सन् २०१५ मा इन्स्टा३६० स्थापना गरेका थिए । उनी नान्जिङ विश्वविद्यालयका कम्प्युटर साइन्स स्नातक हुन् र सन् २०१७ मा  फोब्र्सको अन्डर ३० एसियामा पनि स्थान बनाएका थिए । कम्पनीमा लियुको आफ्नै र उनकी पत्नीको नाममा रहेको करिब २६.८ प्रतिशत सेयरको मूल्यका आधारमा, फोब्र्सले लियुको कुल सम्पत्ति २.७ अर्ब डलर पुगेको अनुमान गरेको छ ।
“दस वर्षअघि हामी नान्जिङ विश्वविद्यालयको डोर्मिटोरीबाट ठूला सपना बोकेर बाहिर निस्किएका थियौं,” लियुले सूचीकरण समारोहमा भने ।
इन्स्टा३६० ले एक्स सिरिजका ३६० डिग्रीका उच्च–रिजोल्युसन भिडियो खिच्ने क्यामरा र गो सिरिजका साना तथा हलुका एक्सन क्यामरा उत्पादन गर्छ ।  सन् २०२४ मा कम्पनीले ५.६ अर्ब युआन (७७९.९ मिलियन डलर) आम्दानी ग¥यो, जुन अघिल्लो वर्षको तुलनामा ५३.३ प्रतिशतले बढेको हो । मुनाफा पनि १९.९ प्रतिशतले बढ्दै ९९४.७ मिलियन युआन पुगेको छ ।
कम्पनीको ७६ प्रतिशत आम्दानी अन्तर्राष्ट्रिय बजारबाट आएको छ ।  जसमा अमेरिकाबाट मात्रै १.३ अर्ब युआनको बिक्री भएको उल्लेख गरिएको छ । कम्पनीको अमेरिका, जापान, जर्मनी र चीनमा गरी २ हजारभन्दा बढी कर्मचारी छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्