Skip to content
Prabhu

सेयर बजार स्थिरः कसले कमाए, कसले गुमाए ?

काठमाडौं । सेयर बजार स्थिर बनेको छ । निकै उतारचढाबका बीच बजार स्थिर बनेको छ । यो दिन बजार मापन गर्ने सूचक ०.४७ अंकले बढेर परिसूचक २६५५.८५ बिन्दु कायम भएको छ ।

३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीबन बीमा, ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कारोबारमा ग्रिन डेभलपमेन्ट बैंक, पियोर इनर्जी, छ्याङदी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा बरुण हाइड्रोपावर, युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस्तै नेपाल हाइड्रो डेभलपर्स, मिड सोलु हाइड्रो, कुमारी सबल योजना, दोल्ती पावर गुराँस लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्