Skip to content

बजेटमा २५ लाखका योजना परे, शहरी विकास मन्त्रालयले नमागेको आयोजनामा बजेट हालियोः सांसद बस्नेत

nabil bank

काठमाडौं । सांसद शक्तिबहादुर बस्नेतले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा माग नै नभएको आयोजनामा बजेट हालेको बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा शहरी विकास मन्त्रालयले माग नै नगरेका आयोजनामा समेत बजेट हालिएको आरोप थियो । उनले आगामी आर्थिक वर्षको बजेटमा २० लाखदेखि २५ लाख रुपैयाँ लागतका नयाँ योजना बजेटमा परेको बताए ।

सरकारले यसवर्ष योजना बैंकबाट करिब चार हजार हाराहारीको सङ्ख्यामा योजना कटौती गर्दा कुन आधार र मापदण्डका आधारमा त्यसो गरिएको हो ? भनेर सांसद बस्नेतले प्रश्न गरे ।

आगामी आवको बजेट समावेशी नरहेको, गरिबी निवारणमा केन्द्रित हुन नसकेको, उत्पादन र उत्पादकत्व बढाउन ठोस पहल नगरिएकोलगायतका विषय उनले उठाए ।

‘भिजिट भिसा’ प्रकरणबारे अध्ययन र छानबिन आवश्यक रहेको सांसद बस्नेतले बताए । सरकारले यही असार १५ गतेभित्र शिक्षा विधेयक संसदबाट पारित गर्ने सम्झौता गरेको, नागरिकता विधेयक, निजामती सेवा विधेयकलगायत महत्वपूर्ण कानुन निर्माणलाई शीघ्रता दिन सदनको अवरोध हटाउन जरुरी रहेको सांसद बस्नेतको भनाइ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime