Skip to content
Prabhu

रियल मी १४ टी ५जी र १४ ५जी नेपाली बजारमा सार्वजनिक

काठमाडौं । नेपाली स्मार्टफोन बजारमा प्रविधिको नयाँ अध्याय सुरु गर्दै रियल मीले रियल मी १४ सिरिजको सार्वजनिक गरेको छ।

प्राविधिक उत्कृष्टता, स्टाइल र गेमिङ क्षमताको अभूतपूर्व संयोजन भएको यस सिरिजमा रियल मी १४ टी ५जी र १४ ५जी जस्ता शक्तिशाली स्मार्ट फोनहरू समावेश छन्।

अर्घाखाँची सिमेन्ट
Hyundai

रियलमीको यो नयाँ सिरिज आधुनिक प्रयोगकर्ताको आवश्यकता र चाहनालाई ध्यानमा राखी डिजाइन गरिएको हो, जसमा उच्च प्रदर्शन, गेमिङ–मैत्री विशेषता, उन्नत क्यामेरा प्रणाली र फास्ट चार्जिङ जस्ता सुविधाहरू समावेश रहेका छन्।

रियलमी १४ टी फाइभजीका विशेषताः
रियलमी १४ फाइभजीमा स्नापड्रागन ६ जेन ४ फाइभजी चिपसेट, एडभान्स बायोनिक कुलिङ सिस्टम र ६००० एमएएच टाइटन ब्याट्री समावेश छ।

जसमा १२० हर्जको एमोलेड ई–स्पोट्र्स डिस्प्ले, उत्कृष्ट कनेक्टिभिटीका लागि एन्टेना एरे म्याट्रिक्स २.० एफ, स्मार्ट एआई फिचरका साथै आइपी ६६, आइपी ६८/आइपी ६९ प्रमाणित मजबुत डिजाइन छ।

स्लिम र प्रिमियम डिजाइन रहेको यस फोनले आकर्षक रूप र सजिलो ह्यान्डलिङ अनुभव प्रदान गर्नेछ।

एआई आधारित क्यामराः सामाजिक सञ्जालका लागि उत्कृष्ट फोटोरभिडिओ अनुभव।

५जी ड्युल सिम सपोर्टः यसमा भविष्यमैत्री कनेक्टिभिटी टेक्नोलोजी रहेको छ।

रियल मी १४ ५जीका विशेषताहरू:

-६.७२ इञ्चको ठूलो एफएचडीं डिस्प्ले
-१२० हर्जको उच्च रिफ्रेस रेट जसले स्क्रोलिङ स्मुथ हुन्छ।
-यसमा २००० निट्ससम्मको पिक ब्राइटनेस छ जसले उज्यालो घाममा पनि सजिलै देखिन्छ।
-यो फोनमा स्नापड्रागन आर ६ जेन ४ फाइभजी चिपसेट छ। इो शक्तिशाली प्रदर्शन र प्रभावकारी मल्टीटास्किङका लागि सक्षम छ।

अन्य विशेषता

-६००० एएमएचको ठूलो ब्याट्री
-४५ वाटरसुपरभोक फास्ट चार्जिङ सपोर्ट
-छोटो समयमा चार्ज, लामो समय प्रयोग
-५० एमपी मुख्य क्यामेरा
-ए आइसपोर्टसहित स्पष्ट र आकर्षक तस्बिरहरू
-८ एमपी फ्रन्ट क्यामेरा(सेल्फी र भिडियो कलका लागि उपयुक्त
-अल्ट्रा स्लिम बडी ९७.८९ एमएम
-हल्का तौल १९० ग्राम
-आकर्षक र प्रिमियम फिनिश डिजाइन
-१२ जीबी र्‍याम +२५६ जिबी स्टोरेज
-डाइनामिक र्‍याम एक्सपान्सन मार्फत थप २१ जिबीसम्म विस्तार गर्न सकिने
-स्टोरेज विस्तारको लागि इक्रो एसडी कार्ड सपोर्ट
-साइड (माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर एआई)
-एआई फेस अनलक सपोर्ट
-डुअल सिम सपोर्ट
एन्ड्रोइड १४ मा आधारित यो फोनमा ३.५ एमएम हेडफोन ज्याक र युएसबी टाइप–सी पोर्ट
रियलमी १४ सिरिजको अग्रिम बुकिङ सुरू भइसकेको छ भने पहिलो बिक्री पनि चाँडै सुरू हुने कम्पनीको भनाइ छ।

रियलमी १४ सिरिज अब नेपालभरका आधिकारिक स्टोरहरू तथा अनलाइन डिजिटल पार्टनरहरू मार्फत उपलब्ध छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्