काठमाडौं । राष्ट्र बैंकले आजदेखि १० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।
साबिककै आकार तथा रङमा रहेको १० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको हो । नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको राष्ट्र बैंकले जनाएको छ । नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरिज नम्बर रहेको छ ।
नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ । नोटको मध्य भागमा कृष्णसारको चित्र रहेको छ ।
नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज टेन लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर रहको छ ।
प्रतिक्रिया दिनुहोस्