Skip to content
Prabhu

जिवी र रविले आफुलाई थाहै नदिइ घर बैंकमा धितो राखेर कर्जा लिन खोजेको छविको आरोप

काठमाडौं । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसंचालक तथा सेयरधनी छविलाल जोशीले गितेन्द्र बाबु (जिवी) राई र रवि लामिछानेले आफुलाई थाहै नदिइ आफ्नो घर बैंकमा धितो राखेर कर्जा लिन खोेजेको आरोप लगाएका छन् ।

नेचरहब्र्स इन्टरनेशनल प्रालिका पूर्व संचालक जोशीले प्रहरीलाई बयान दिने क्रममा जिवी र रविले कम्पनीको सेयर वृद्धि गर्न भन्दै बैंकबाट कर्जा लिन आफ्नो घर धितो राख्ने समेतको कार्य गर्न लागेपछि र कम्पनी सञ्चालन गर्दा आफुलाई धेरै कुराबाट बाईपास गरेको दाबी गरेका छन् । आफ्नो जानकारी बिना कामहरू हुन लागेको कारण गोर्खा मिडिया नेटवर्क छोडेको जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

उनले अदालतमा बयान दिने क्रममा कम्पनीको दैनिक आर्थिक कारोवार वापतको रकम पूर्णरुपमा जिवी राई र रवि लामिछानेले गर्ने गरेको, सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा आफ्नो कुनै सम्वन्ध सरोकार नरहेको जनाएका छन् ।

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित २९ जना विरुद्ध उक्त मुद्दा दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता भएको छ ।

सहकारीको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन उल्लेख छ । यो सहकारीमा जीबी राई समेत रहेका छन् । सानो पाइला सहकारीले बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी अपचलन गरेको पाइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्