Skip to content
Prabhu

सेयर बजारमा सामान्य सुधार, लगानीकर्ताको ध्यान बैंकमा

काठमाडौ । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक २.८० अंकले बढेर परिसूचक २६५८.६६ बिन्दु कायम भएको छ ।

३१८ कम्पनीको ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार ७४२ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा बैंकिङ, विकास बैंक, होटल, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीबन बीमा, ट्रेडिङ समूहको उपसूचक बढेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यस्तै वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य समूहको उपसूचक घटेको छ । कारोबारमा पियोर इनर्जी, पिपुल्स पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, सोल्टी होटलका लगानीकर्ताले कमाएका छन् ।

यस्तै अप्परहेवाखोला, श्री इन्भेष्टमेन्ट फाइनान्स, सिनर्जी पावर, उन्नती सहकार्य लघुवित्त, माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्