Skip to content
Prabhu

सिस्टमले सबै नागरिकतालाई कर तिर्नुपर्छ भन्ने महशुस गराउनुपर्छः पूर्वमन्त्री चौधरी

काठमाडौ‌ । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगवती चौधरीले राज्यको सिस्टमले राज्यको सिस्टमले नै सबैलाई कर तिर्नुपर्छ भन्ने कुरा महसुस गराउनुपर्ने बताएकी छिन् ।

आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेटमाथिको सैद्धान्तिक छलफलमा आजको प्रतिनिधि सभाको बैठकमा उनले त्यस्तो बताएकी हुन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

‘हामी बजारमा गएर केही वस्तु तथा सेवा किन्यौँ भने तपाईँलाई बिल चाहिन्छ ? भनेर सोध्ने गरिन्छ । त्यस्तो किन गरिन्छ त ?, सांसद चौधरीले प्रश्न गरिन, ंहाम्रो अन्तःशुल्क के हुन् ? अन्य अतिरिक्त शुल्कहरू के हुन् भन्ने कुराहरू हाम्रो सिस्टमले नै फिलिङ गराउनुपर्छ ।’

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटलाई समर्थन गर्दै उनले केही समयदेखि कमजोर रहेको मुलुकको अर्थतन्त्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विभिन्न प्रयासपछि सुधार हुँदै आएको दाबी गरिन् ।

‘सरकारले अर्थतन्त्र सुधारका लागि गरेका प्रयासहरू सार्थक बन्दै गइरहेको परिप्रेक्ष्य आगामी आर्थिक वर्षको बजेटले पनि मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउँदै लैजानेमा हामी विश्वस्त छौँ’, पूर्वमन्त्री चौधरीले भनिन, ‘देशको समग्र पक्षलाई मध्यनजर गर्दै ल्याइएको बजेटका समग्र पक्षकलाई हेर्दा सन्तुलित, यथार्थपरक, स्रोत सुनिश्चितताको सम्भावना, प्रभावकारी सदुपयोगितालाई गर्न सक्ने, नतिजा देख्न सक्ने गरी आयोजना तथा खर्चहरूलाई प्राथमिकीकरण आधार तय गरी अर्थपूर्ण सकारात्मक प्रतिफल आउन सक्ने गरी ल्याइएको छ ।’

बजेटले जेनेरेसन जेड अर्थात् जेनजी पुस्तालाई इन्कुवेशन डेभलपमेन्ट सेन्टर सञ्चालन गर्नेदेखि देशभित्रै यी युवालाई रेट्रेन गर्न अवसरहरू सृजना गर्न सक्ने, युवा लक्षित प्रविधि र स्टार्टअप व्यवसायलाई प्रवर्द्धन लगानी प्रवर्द्धनका कुराहरू, ३ प्रतिशत ब्याजदरमा २ देखि २० लाखसम्म कर्जा अनुदान, महिला साना माध्यम एसएमइज, एमएसएमइजलाई ट्याक्स छुटको व्यवस्था गरिएको भन्दै बजेटका राम्रा कुराहरूलाई समर्थन गर्न प्रतिपक्षीलाई समेत आग्रह गरिन् ।

‘डिजिटल ट्रान्जेक्शन, पेमेन्ट, कर्जा व्यवस्थापन, भ्रष्टाचार निवारण, सार्वजनिक सेवालाई चुस्त दुरुस्तता नीति कुराहरूदेखि युग समयअनुसारको प्रविधिमा जोड र विकास, बजेट कार्यान्वयनबाट ६ प्रतिशतसम्म आर्थिक वृद्धि र ५.५ प्रतिशतको मुद्रास्फीति स्पष्ट लक्ष्यका साथ बजेटलाई सार्थकता दिन नयाँ वैकल्पिक लगानीका क्षेत्र समेत निर्धारण गरिएका आधारहरू सकारात्मक पक्षहरू हुन’, उनले भनिन् ।

बजेटका राम्रा कुराहरूलाई समर्थन गर्न सांसद चौधरीले आग्रह गर्दै बजेटको समानुपातिक वितरण प्रणालीमा केही कमी भएको बताइन् । लगानी प्रवर्द्धनका लागि उत्पादनलाई वृद्धि गर्दै निर्यात प्रवर्द्धन गर्ने, कर सूचना प्रणालीमा सुधार, दोहोरो करमा व्यवस्थापन गर्ने, निजी क्षेत्रलाई प्रवर्द्धन गरी लगानीमैत्री वातावरण सिर्जना गर्ने कुरा सकारात्मक भएको भन्दै उनले स्टार्टअपलाई विशेष रूपमा अगाडि बढाउने कुराहरू निकै सकारात्मक रहेको दाबी गरिन् ।

‘बजेट कार्यान्वयनका केही चुनौतीहरू छन् । बजेटलाई ठिक ढंगले लानका लागि अहिलेको अवस्थामा कहाँ कहाँबाट परिपूर्ति गर्न सक्दै छन् भन्ने कुराहरूमा ध्यान दिनुपर्छ’ उनले भनिन् ।

विगतमा पटके विकास र खुद्रे योजनाहरू बन्दा त्यसले देश र जनताको समृद्धिमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै वर्तमान सरकारले संघीयताको मर्म अनुरूप स्थानीय, प्रदेश सरकारलाई प्रभावकारी र बलियो बनाउँदै साना योजनाहरू स्थानीय र प्रदेशमा पठाउने र ठूला, दीर्घकालीन र राष्ट्रिय महत्वका योजनाहरूलाई संघमा राखेर बजेट तयार पारेकोले यो पटकको बजेट विगतको भन्दा वस्तुपरक, तथ्यपरक, आत्मनिर्भरता उन्मुख, युवा र जनमुखी रहेको उनको भनाई थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्