Skip to content

चितवनको तुइन खोलानजिकै सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

nabil bank

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड मंगलबार मध्यान्ह १२ बजेतिर सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । चितवनको तुइन खोला पुलनजिकै खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो हटाउने कार्य थालिएको छ । थप पहिरो नखसे दुईरतीन घण्टाभित्र सवारी आवागमन सञ्चालनमा ल्याइने सडक डिभिजनले जनाएको छ ।

‘मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै गएको सुक्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ,’ सडक डिभिजनले जारी गरेको सूचनामा उल्लेख छ, ‘उक्त स्थानमा पहिरो फाल्ने मेसिन सञ्चालन भइसकेको छ । दुई–तीन घण्टाभित्र सडक सञ्चालनमा आउने जानकारी गराउँदछौँ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime