Skip to content

नेपालमा वायु प्रदूषण सबैभन्दा ठूलो स्वास्थ्य जोखिम, विश्व बैंकद्वारा बहुक्षेत्रीय समाधान खोज्न आग्रह

nabil bank

काठमाडौं । नेपालमा वायु प्रदूषण सबैभन्दा ठूलो स्वास्थ्य जोखिम रहेको विश्व बैंकको एक प्रतिवेदनले जनाएको छ । विश्व बैंकको प्रतिवेदनले नेपालमा बढ्दो मृत्युदर र अशक्तताको सबैभन्दा ठूलो जोखिम कारक वायु प्रदूषण रहेको जानकारी दिएको हो ।

विश्व बैंकको सो प्रतिवेदनले नेपालमा हुने वायु प्रदूषणको बहुक्षेत्रीय समाधान खोज्न आग्रह गरेको छ । प्रतिवेदनमा बहुक्षेत्रीय प्रयासहरू आवश्यक रहेको र सबैभन्दा लागत प्रभावकारी उपायहरूलाई प्राथमिकता दिन सार्वजनिक नीति र लगानीले वायु गुणस्तर सुधारतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिइएको छ।

विश्व बैंकले ‘तर्फ क्लीन एयर इन नेपालस् लाभ, प्रदूषण स्रोतहरू, र समाधानहरू शीर्षकको यस प्रतिवेदनले नेपाल तथा इन्डो–ग्याङ्गेटिक मैदान र हिमाली फेदी क्षेत्रको वायुमण्डलीय अवस्थाको समग्र मूल्यांकन प्रस्तुत गरेको छ ।

यसमा काठमाडौं उपत्यका र तराई क्षेत्र नेपालका प्रमुख वायु प्रदूषण केन्द्रबिन्दु भएको पाइएको छ । वायु प्रदुशनको कारण औसत नेपालीको आयु ३.४ वर्षले घटेको र प्रत्येक वर्ष करिब दुई हजार ६ सय जना मानिसको अल्पआउमा नै मृत्यु भएको प्रतिवेदनको निष्कर्ष छ । वायु प्रदूषणको कारण स्वास्थ्य मात्र होइन, श्रम उत्पादकता, पर्यटन, र उड्डयन क्षेत्रमा पनि यसको नकारात्मक असर परेको छ। खराब वायु गुणस्तरका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतभन्दा बढी बराबरको आर्थिक क्षति हुने गरेको छ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीका अनुसार सफा हावा र आर्थिक वृद्धिबीच कुनै द्वन्द्व छैन । अब पनि निर्णायक कदम चाल्न ढिलाइ गर्दा भविष्यमा धेरै ठूलो मूल्य चुकाउनुपर्ने उनले बताए । सरकारले औद्योगिक उत्सर्जनका मापदण्ड कडा बनाउनेदेखि लिएर विद्युत यातायात प्रबर्द्धनसम्मका काममा प्रतिबद्धता जनाएको उनले बताए ।

विश्व बैंकले सवारी साधनको उत्सर्जन नियन्त्रणको लागि कार, मोटरसाइकल, बस र ट्रकहरूको विद्युतीकरणलाई अगाडि बढाउँदै सवारी साधनको जाँच र मर्मत प्रणाली बलियो बनाउनुका साथै सडक धुलो घटाउनु जरुरी रहेको जानकारी दिएको छ ।

यसैगरी, औद्योगिक प्रदूषण न्यूनीकरण गर्नको लागि साना तथा मझौला उद्योगहरूमा विद्युतीय वा पेलेट चुलो तथा बयलर जस्ता सफा प्रविधि तथा इन्धन प्रयोगमा सहयोग पुर्‍याउनु आवश्यक छ।

इँटा तथा सिमेन्ट कारखानाहरूमा पनि सफा इन्धन प्रयोगको प्रबर्द्धन गर्नुपर्ने र घरायसी खाना पकाउने प्रविधि सुधारमा घर–घरमा विद्युतीय वा सफा चुल्होको प्रयोगलाई प्रबर्द्धन गर्नुपर्ने जानकारी दिएको छ ।

वन डढेलो नियन्त्रणको लागि इन्धन भार घटाउने र जनचेतनामूलक कार्यक्रम विकास गर्ने गरी वन डढेलो रोकथाममा ध्यान दिनुपर्ने र आगो निभाउने प्रणालीहरू पनि प्रभावकारी बनाउनु जरुरी छ। सीमापार वायु प्रदूषणको लागि भारतलगायत छिमेकी मुलुकहरूसँग प्रभावकारी सहकार्य जरुरी छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime