काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ठूला सेयरधनीमा विभिन्न १४ व्यक्ति तथा कम्पनी रहेका छन् । कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व ग्लोबल आइएमई बैंकको १० प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै गौरव अग्रवालको ६.५० प्रतिशत, शुसिल कुमार पन्तको २.९० प्रतिशत, गौरी राज जोशीको २.५० प्रतिशत, डा. प्रकाशचन्द्र लोहनीको २.६० प्रतिशत, जनार्दनदेव पन्तको २ प्रतिशत सेयर स्वामित्व छ ।
यस्तै पदम कुमार लोहनी १.६० प्रतिशत, सन्दिप देतानको १.२५ प्रतिशत, जूली चाचन १.२५ प्रतिशत, रेखा घिमिरे १.२३ प्रतिशत, जुनी गुरुङ १ प्रतिशत, प्रेम प्रभाव गुरुङको १ प्रतिशत, हरिभक्त शर्माको ०.८८ प्रतिशत र राधेश्याम अग्रवालको ०.७५ प्रतिशत सेयर स्वामित्व छ ।
हाल कम्पनीको अध्यक्षमा उदय नेपाली श्रेष्ठ रहेका छन् । कम्पनीमा उनको १ लाख ६२ हजार ४०० कित्ता सेयर स्वामित्व छ ।
सञ्चालक अञ्जु पाण्डेको ३ लाख १ हजार ६०० कित्ता, इन्द्र प्रसाद शर्माको ४६ हजार ६०० कित्ता, प्रकाश भट्टराईको १ लाख ३९ हजार २०० कित्ता, भिष्म कार्कीको २१ हजार २०० कित्ता र दिवेश लोहनीको १ हजार १६० कित्ता सेयर स्वामित्व छ ।






प्रतिक्रिया दिनुहोस्