Skip to content

सुनको मूल्य प्रतितोला २५ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime